श्रीमानसँग अमेरिकामा बस्ने वर्षाको संकेत



अभिनेत्री वर्षा सिवाकोटीले अमेरिकामा बस्ने आशिष गेलालसँग गुपचुप रुपमा विवाह गरिन् । यही बैशाख ९ गते लगनगाँठो कसेकी उनले आफ्नो विवाहको जानकारी चलचित्र क्षेत्रका कसैलाई पनि दिएकी थिइनन् । न त उनले चलचित्र क्षेत्रबाट कसैलाई विवाहमा निमन्त्रणा नै गरेकी थिइन् । बेहुला र बेहुली पक्षका परिवारका सीमित सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह भएको थियो ।

विवाहको दुई दिनपछि वर्षा श्रीमानको साथमा हनिमुनका लागि पोखरा गएकी थिइन् । पोखराबाट फर्किए लगत्तै उनका श्रीमान् गेलाल अमेरिका फर्किसकेका छन् । अब वर्षाले पनि श्रीमानसँगै अमेरिकामा बस्ने संकेत गरेकी छन् । शनिवार इन्स्टाग्राममा एक फ्यानले ‘अब नेपालमै बस्ने होकि अमेरिका ?’ भनेर सोधेको प्रश्नमा उनले ‘श्रीमान् जहाँ म पनि त्यहीँ’ भन्ने जवाफ फर्काएकी छन् ।

अर्का एक फ्यानले गोप्य रुपमा विवाह गर्नुको कारणबारे सोधेको प्रश्नमा उनले यो आफूहरु दुवैको इच्छा रहेको बताइन् । उनले आफूहरुको विवाह लभ र एरेन्ज दुवै रहेको पनि जानकारी दिएकी छन् । एक फ्यानले हनिमुनको बारेमा सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘हाम्रो हनिमुन सुरु भइसकेको छैन । विवाहपछि हामी पोखरा गएका थियौं । तर, वास्तविक हनिमुन भने बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu