नयाँ चलचित्रको तयारीमा जुटे दीपक



निरन्तर चलचित्र निर्देशन गर्दै आएका निर्देशक हुन्, दीपक वली । चलचित्र ‘रोल्पा रोग’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ जस्ता चलचित्रको पनि निर्देशन गरिसकेका छन् । अब आगामी भदौ ३ गतेबाट उनको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘कृष्ण लीला’ प्रदर्शनमा आउने तयारीमा छ ।

यो चलचित्र रिलिज नहुँदै दीपकले नयाँ चलचित्रको तयारी थालेका छन् । नाम गोप्य राखिएको चलचित्रको ‘कृष्ण लीला’ रिलिजपछि छायांकन सुरु गर्ने तयारीमा उनी छन् । उनले अहिले स्क्रिप्टमा काम भइरहेको जानकारी दिए । चलचित्रको स्क्रिप्ट यम थापा र निर्देशक वलीले मिलेर लेखिरहेका छन् ।

चलचित्रको डोल्पा र काठमाडौंमा छायांकन हुने निर्देशक वलीले बताए । कलाकारको बारेमा उनले भनेका छन्, ‘हामीले केही चरण केही कलाकारसँग कुराकानी गरेका छौं । चुनावपछि कागजी सम्झौता हुनसक्छ । चलचित्रमा चल्तीकै कलाकारको अभिनय रहनेछ ।’ उनका अनुसार, चलचित्र सामाजिक मुद्धामा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu