जेठ ६ बाट पछाडि हट्यो ‘सम्झना बिर्सना’



आगामी जेठ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को रिलिज स्थगन भएको छ । प्रचार-प्रसारका लागि समय अभाव भएको र यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको माहोललाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्रलाई पूर्वनिर्धारित मितिमा प्रदर्शन नगर्ने निर्णय गरेको हो ।

मंगलवार दिउँसो ४ बजे चलचित्रको शिर्ष गीत सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, वितरक र निर्माताबीच तत्काललाई चलचित्रको प्रदर्शन मिति स्थगन गर्ने सहमति भएपछि अब नयाँ प्रदर्शन मितिसहित गीत सार्वजनिक गरिने निर्देशक निमेष प्रधानले जानकारी दिए । ‘सम्झना बिर्सना’ पोस्टपोन्ड भएसँगै जेठ ६ मा रिलिज हुन लागेको चलचित्र ‘लाइफ इन एलए’लाई राहत मिलेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । पूजा र आकाशका अलावा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले चलचित्रको संवाद लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu