राजेश हमालले साइन गरेका हुन् ‘मायाको माया’ ?



अभिनेता राजेश हमाल विगत चार वर्षदेखि पर्दामा देखिएका छैनन् । टिभी शो र म्यूजिक भिडियोमै उनी व्यस्त छन् । पछिल्ला दुई चलचित्र ‘बागमती’ र ‘सकुन्तला’को असफलतापछि उनले गत चार वर्षमा अफर आएका दर्जनौं चलचित्र छाडे । यो बीचमा उनी आफैंले चलचित्र निर्देशन गर्न लागेको चर्चा पनि चलेको थियो । तर, हमालले तत्काल चलचित्र निर्देशन गर्ने हिम्मत पनि गरेनन् ।

चार वर्षको विश्रामपछि गत वर्ष लकडाउनको समयमा हमालले चलचित्र ‘सत्यम्’ साइन गरे । उनले यो चलचित्रका लागि लुक्स परिवर्तनदेखि शरीर सुगठित बनाउन महिनौं मेहेनत गरेका थिए । स्क्रिप्ट राइटरसँग बसेर स्क्रिप्टमा पनि आफ्नो राय राखे । तर, कहिले कोरोना महामारी त कहिले मुख्य अभिनेता पल शाह कानुनी झमेलामा फसेपछि चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

यसैक्रममा, केही दिनयता हमालले नयाँ चलचित्र ‘मायाको माया’ साइन गरेको कुराले मिडिया तातेको छ । तर, उनका म्यानेजर रोशन हमालले एक चरण चलचित्रको टिमसँग छलफल भए पनि कागजी सम्झौता नभएको बताए । उनले भने, ‘दादाले चलचित्र साइन गर्नुभएको छैन । चलचित्रको टिमसँग एक चरण छलफल भएको हो । दादाले चलचित्र साइन गर्नुहुन्छ वा हुन्न भन्न सकिन्नँ ।’

राजेश हमालले ‘सत्यम्’भन्दा अगाडि नयाँ चलचित्रमा काम गर्ने सम्भावनाबारे रोशन भन्छन्, ‘दादाले ‘सत्यम्’ अगाडि अरु चलचित्र नगर्ने भनेर बस्नुभएको छैन । ‘सत्यम्’ विभिन्न कारणले छायांकनमा जान ढिलाइ भएकाले योभन्दा अगाडि दादाले अर्को चलचित्र पनि गर्न सक्नुहुन्छ ।’ राजेश हमाल काम गर्न तयार भए ‘मायाको माया’को निर्वाचन लगत्तै छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu