दीपेन्द्रले २६ दिनमा सकाए ‘२ नम्बरी’को छायांकन



दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘२ नम्बरी’को छायांकन सकिएको छ । बैशाख ३ गतेबाट कास्कीको ल्वाङ गाउँमा सुरु भएको चलचित्रको एक गीतसहित २६ दिनमा सम्पूर्ण छायांकन सकिएको हो । ल्वाङ गाउँमै सम्पूर्ण छायांकन भएको चलचित्रको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई घोषणा गरिएको छ । चलचित्रले दुई मिल्ने साथीको कथा भन्नेछ ।

‘२ नम्बरी’को दुई वर्ष अगाडि पनि छायांकन भएको थियो । तर, कोरोना महामारीका कारण अधुरैमा छायांकन रोकियो । संक्रमण सामान्य भएपछि पुनः छायांकन थाल्ने तयारी हुँदै गर्दा चलचित्रका मुख्य अभिनेता पल शाह कानुनी झमेलामा फसे । अर्का कलाकार जयनन्द लामाको निधन भयो । उता, सुटिङमा निस्कने समयमा अभिनेत्री वर्षा राउतले चलचित्रबाट हात झिकिन् ।

केही प्रतिशत दृश्यमा अभिनय गरिसकेका कलाकारहरुको ‘कन्टिन्यूटि’ नहुने भएपछि निर्माण टिमले नायकमा सौगात मल्ल र नायिकामा उपासना सिंह ठकुरीलाई अनुबन्ध गर्दै फेरि सुरुबाटै चलचित्रको छायांकन गरेको हो । चलचित्रमा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनको पनि मुख्य भूमिका छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा राजीव गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu