चुनावको दिन सिनेमा हल नखुल्ने



देश यतिबेला निर्वाचनमय छ । बैशाख ३० गते (भोली) स्थानीय तहकोे निर्वाचन हुने भएकाले आफूलाई मन परेको उम्मेदवारलाई भोट हाल्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु गाउँ-घर फर्किएका छन् । सधैं भीडभाड रहने काठमाडौं समेत यतिबेला दशैंको बेला जस्तै सुनसान छ । जसले गर्दा मंगलवारदेखि काठमाडौंका हलहरुमा चलचित्र हेर्ने दर्शक पनि खासै छैनन् ।

सरकारले निर्वाचनको दिन सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेकाले भोली हलहरु पनि बन्द हुने भएका छन् । काठमाडौंसहितका मल्टीप्लेक्सहरुले आफ्नो वेबसाइटमा बैशाख ३० गते हल बन्द हुने सूचना राखिसकेका छन् । निर्वाचनको अघिल्लो दिन (आज) मल्टीप्लेक्सहरुले सीमित शो मात्र चलाउनेछन् । हलहरु शनिवार (बैशाख ३१) बाट भने नियमित सञ्चालनमा आउनेछन् ।

अहिले सिनेमा हलमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज २’, दुई साउथ चलचित्र ‘केजीएफ २’ र ‘आरआरआर’, दुई बलिउड चलचित्र ‘रनवे ३४’ र ‘हिरोपन्ती २’ र तीन नेपाली चलचित्र ‘ए मेरो हजुर ४’, ‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनरत छन् । शनिवारबाट बलिउड चलचित्र ‘जयेशभाई जोरदार’ प्रदर्शनमा आउँदैछ भने यो हप्ताका लागि कुनै नेपाली चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu