मतदान गरेपछि हमालले भने, ‘जनप्रतिनिधिलाई खबरदारी गरौं’



शुक्रवार देशभर भइरहेको स्थानीय तहको निर्वाचनमा अभिनेता राजेश हमाल पनि सहभागी भएका छन् । उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् । मत खसालेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा हमालले मतदाताको कर्तव्य भोट हाल्नु मात्र नभइ आफूले जिताएको जनप्रतिनिधिले सही काम गरेको छ वा छैन भनेर खबरदारी पनि गर्नुपर्ने बताए ।

स्थानीय तहका पदाधिकारीहरु प्रत्यक्ष जनतासँग पुग्न सक्ने भएकाले आफूले स्थानीय तहलाई महत्त्वका साथ हेर्ने गरेको उनको भनाई छ । कलाकारहरु विभिन्न राजनीति दलहरुसँग आबद्ध भएको विषयमा पनि हमालले भनेका छन्, ‘म राजनीतिमा गएको व्यक्तिलाई कलाकार या अन्य पृष्टभूमिको भनेर हेर्दिनँ । राजनीतिमा जाने जो कोही व्यक्ति देशको नागरिक हो । यो अधिकार सबैलाई छ ।’

निर्वाचनअघि हमालले आफ्नो एक भ्लगमा ‘अब काठमाडौंको मेयरमा उठ्नु पर्छ कि क्या हो’ भनेपछि ठूलै तरंग मच्चिएको थियो । पछि उनले आफू मेयरमा उठ्न लागेको कुरामा सत्यता नभएको स्पष्ट पारेका थिए । ५ वर्षपछि हुने निर्वाचनमा भने आफू कुनै भूमिकामा देखिन सक्ने उनले संकेत गरेका छन् । उनले भनेका छन्, ‘भविष्यवाणी त नगरौं । तर कुनै भूमिकामा देखिन पनि सक्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu