कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी



शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले विजयी हासिल गरेका छन् । उनले वडा सदस्यमा जित हासिल गरेका हुन् । उनी नेपाली कांग्रेसबाट काभ्रेस्थली तार्केश्वर वडा नं. २ मा वडा सदस्यमा उठेका थिए । उनले फेसबुकमार्फत् आफू विजयी भएको जानकारी दिएका छन् ।

भण्डारी लामो समयदेखि अभिनयमा सक्रिय छन् । ‘डिट्ठा साब’ टेलिसिरियलबाट चर्चामा आएका उनी डिट्ठा साब उपनामबाट बढी चिनिने गर्दछन् । कमेडी चरित्रमा निकै रुचाइएको उनी अहिले कान्तिपुर टेलिभिजनबाट प्रशाारण हुने ‘हर्के हल्दार’मा आबद्ध छन् ।

टेलिसिरियलमा गरेको अभिनय र निर्देशनको अनुभवलाई सर्टिफिकेट मानेर उनले चलचित्रको समेत निर्देशन गरिसकेका छन् । उनले ‘चंगा’बाट फिचर चलचित्र निर्देशनमा डेब्यू गरेका थिए । उनले चलचित्र निर्देशनसँँगै केही चलचित्रमा अभिनय पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu