कश्मिरी पहिरनमा खुलेकी सृष्टि



अभिनेत्री सृष्टि श्रेष्ठको केही महिना राम्रै दौडधुप रह्यो । चैतमा प्रदर्शनमा आएको चलचित्र ‘चिसो एष्ट्रे’का लागि उनी करीब एक महिना प्रचार-प्रसारमा दौडिइन् । यसपछि उनले ‘पल्पसा क्याफे’ नाटकमा अभिनय गरिन् । यो नाटकमा उनको अभिनयको निकै प्रशंसा भएको थियो ।

नाटकको सफलतापछि सुष्टि फ्रेस हुन घुमघाममा निस्किएकी छन् । यसपटक उनले घुम्नका लागि भारतको कश्मिर रोजेकी छन् । फुर्सदको समयमा सृष्टि प्रेमी तथा अभिनेता सौगात मल्लसँग विभिन्न ठाउँमा घुम्न निस्किरहेकी हुन्छिन् । तर, अहिले सौगात निकै व्यस्त भएकाले उनी साथीहरुसँग कश्मिर घुमिरहेकी छन् ।

सृष्टिले कश्मिरी महिलाको मौलिक पहिरनमा जम्मु कश्मिरको डल तालमा डुंंगा चलाइरहेको दुईटा तस्विर इन्टाग्राममा शेयर गरेकी छन् । कश्मिरी पहिरनमा उनको सुन्दरता थप खुलेको देखिन्छ । सृष्टिले अभिनय गरेका ‘राधा’, ‘माइकल अधिकारी’ लगायतका चलचित्र यसै वर्ष प्रदर्शनमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu