‘चपली हाइट’का अभिनेता राज घिमिरे वडा अध्यक्षमा निर्वाचित



अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) काठमाडौंको गोदावरी नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यलाई ११ मतले पछि पार्दै उनले जित हासिल गरेका हुन् ।

राज अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा उठेका थिए । तर, त्यसबेला उनी पराजित भएका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि घिमिरेले आफूले जितेको वडालाई देशकै नमुना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन हुनुभन्दा अगाडि उनले आफूले वडा अध्यक्षमा जित हासिल गरे कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए ।

राजले सुपरहिट चलचित्र ‘चपली हाइट’बाट अभिनय करिअर सुरु गरेका थिए । यसपछि ‘भिजिलान्ते’ लगायतका केही चलचित्र र केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका उनी पछिल्लो समय राजनीति र होटल व्यवसायमा सक्रिय छन् । उनले केही वर्षयता चलचित्रमा अभिनय गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu