‘लाइफ इन एलए’को वियोगान्त गीत रिलिज (भिडियो)



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन्’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट प्रस्तुत छन् । गीतमा उनीहरुको प्रेम र वियोगलाई देखाइएको छ ।

सूर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ । विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।

दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । चलचित्रलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । यो उनको पहिलो निर्माण अनुभव हो । उनका अनुसार, चलचित्रले अमेरिका प्रदर्शनबाट ८० प्रतिशत लगानी उठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu