बेलायतबाट सुरु भयो जसिताको ‘हनी बनी’को छायांकन



दीवाकर भट्टराईले क्याप्टेनसिप सम्हालेको चलचित्र ‘हनी बनी’को छायांकन सुरु भएको छ । सोमवार बेलायतमा मुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको मुहूर्त सट कलाकारहरु जसिता गुरुङ, सलोन बस्नेत, सूर्यमाला खनाल र अर्जुन श्रेष्ठले दिएका थिए । औपचारिक रुपमा छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले केक काटेर जसिताको जन्मदिन मनाएको थियो ।

३५ दिनको सेड्युलमा ‘हनी बनी’को लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा छायांकन हुने बताइएको छ । यो चलचित्रको मुख्य भूमिकामा भारतीय मोडल अभिमन्यू तोमरले अभिनय गर्दैछन् । उनी भारतबाट बेलायत पुगिसके पनि उनको भागको छायांकन केही दिनपछि सुरु हुनेछ । चलचित्रमा उनको जोडीको रुपमा जसिता देखिनेछिन् । चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ ।

पहिला यो चलचित्रमा अनमोल केसी र सारा सिरपालीको अभिनय रहने पक्का थियो । तर, पछि अनमोलले चलचित्रबाट हात झिके भने साराको बेलायतको भिसा नआएपछि उनी पनि बाहिरिइन् । यसपछि निर्माण टिमले अनमोलको ठाउँमा अभिमन्यू र साराको ठाउँमा जसितालाई भित्राएको हो । अमित बस्नेत र परी राना निर्माता रहेको चलचित्रको सह-निर्मातामा अजितकुमार थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu