कान्स फिल्म फेस्टिभलमा सुरक्षा सहभागी हुने



संसारको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागी हुने भएकी छन् । मे १७ (आज) देखि सुरु भएर २८ तारिखमा सकिने फेस्टिभलमा आफू सहभागी हुन लागेको जानकारी सुरक्षाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् । उनी अभिनीत पहिलो हलिउड चलचित्र ‘द एट माउन्टेन्स’ कान्समा प्रिमियर हुने भएपछि उनी फेस्टिभलमा सहभागी हुन लागेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयअघि एउटा अन्तर्राष्ट्रिय सिनेमामा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो । ‘द एट माउन्टेन्स’, जसको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त सिनेमा कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि मैले जाने तय गरेँ । सिनेमाको कान्समा प्रिमियर जेठ ४ गते हुनेछ ।’

उनी मंगलवार कान्समा सहभागी हुनका लागि फ्रान्स प्रस्थान गर्दैछिन् । यसअघि नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा निर्देशक दिपक रौनियार आफ्नो छोटो चलचित्र ‘चौकट’ लिएर कान्समा सहभागी भएका थिए भने ट्रान्सजेन्डर मोडेल अन्जली लामाले सन् २०१८ मा क्यान्समा क्याटवाक गरेकी थिइन् । कान्समा उपस्थित हुन पाउनु सेलिब्रेटीका लागि ठूलो उपलिब्ध मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu