निर्माण नहुँदै विक्री भयो ‘भागवद् गीता’को अमेरिका राइट्स



निर्माण नहुँदै चलचित्र ‘भागवद् गीता’को अमेरिका राइट्स विक्री भएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको यो चलचित्रको राइट्स मंहगो मुल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले खरिद गरेको हो । मंगलवार चलचित्रको निर्माता र नमस्ते इन्टरटेनमेन्टका सञ्चालकबीच कागजी सम्झौता भएको हो ।

निर्माता सुनिल कुमार थापाले निर्माण अगावै चलचित्रको विदेश राइट्स विक्री हुनुले आफूलाई उत्साहित बनाएको बताए । केही हप्ताअघि जनकपुर पुगेर चलचित्रको टिजर छायांकन गरिएको थियो । चलचित्रको छायांकन भने साउन अन्तिम साताबाट सुरु हुनेछ । चलचित्रमा अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहनेछ । चलचित्रको लागि मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् ।

यस्तै, नमस्ते इन्टरटेनमेन्टले बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’को पनि अमेरिका प्रदर्शन अधिकार किनेको छ । चाँडै अमेरिकामा चलचित्रको प्रदर्शन थालिने नमस्ते इन्टरटेनमेन्टका सञ्चालकमध्येका एक अमृत राईले बताए । अमेरिका चलचित्रको राम्रो माग भएकाले प्रदर्शन अधिकार किनेको उनको भनाई छ । चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu