स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीति दलबाट उम्मेदवारी दिएका चलचित्रकर्मीहरुले पनि विजयी हासिल गरिरहेका छन् । अभिनेता राज घिमिरे वडाध्यक्षमा, कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी हुँदा चलचित्र निर्देशक मुनाल घिमिरेले पनि वडा अध्यक्षमा जीत हासिल गरेका छन् ।

स्थानीय निर्वाचनमा नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नं. ४ को वडाध्यक्षमा उनले विजयी हासिल गरेका हुन् । उनले फेसबुकमार्फत् आफू वडाध्यक्षमा निर्वाचित भएको जानकारी दिँदै अमुल्य मत दिएर जिताउने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
सन् २००८ मा चलचित्र ‘खबरदार’को निर्देशन र निर्माण गरेका मोहितले यसपछि सन् २०१० मा चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माण गरेका थिए । उनी निर्देशित पछिल्लो चलचित्र ‘इच्छा’ हो । पछिल्लो समय उनी चलचित्र निर्देशनमा सक्रिय छैनन् ।