हलमा लाग्यो ‘लाइफ इन एलए’



अमेरिकामा सफलतापूर्वक प्रदर्शनपछि शुक्रवारबाट चलचित्र ‘लाइफ इन एलए’ले नेपालका हलमा प्रदर्शन थालनी गरेको छ । दुई बलिउड चलचित्र ‘भूल भुलैया २’ र ‘धाकड’सँग भिडन्त गरेको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाए पनि सिंगल थिएटर पर्याप्त पाएको छ । माउथ पब्लिसिटीले मल्टीप्लेक्समा शनिवारबाट चलचित्रको शोमा वृद्धि हुनेमा निर्माण टिम आशाावादी छ ।

विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा उठान गरिएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय रहेको चलचित्रको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।

दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । चलचित्रलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । यो उनको पहिलो निर्माण अनुभव हो । ‘लाइफ इन एलए’ले अमेरिका प्रदर्शनबाटै लगानीको ८० प्रतिशत उठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu