‘सुनको चप्पल’ निर्देशन गर्दै दीपक वली



दीपक वलीले निर्देशन गरेको नयाँ चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्र प्रदर्शनमा आएपछि उनी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘सुनको चप्पल’ राखिएको छ । यसै साता चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गरिएको निर्देशक वलीले जानकारी दिए ।

चलचित्रको नाम चलनचल्तीको भन्दा भिन्न लागे पनि कथावस्तुसँग सुहाउने भएकै कारण ‘सुनको चप्पल’ नाम राखिएको वलीले जानकारी दिए । यो चलचित्र आफूले यसअघि निर्देशन गरेका चलचित्रभन्दा पृथक हुने उनको भनाई छ । उनका अनुसार, चलचित्रको स्क्रिप्ट ‘लक’ भइसकेको छ । चलचित्रको स्क्रिप्ट यम थापाले तयार पारेका हुन् ।

स्क्रिप्ट लक गरेर अहिले कलाकार छनोट कार्य भइरहेको वलीले बताए । उनले भने- ‘एक जना बरिष्ठ कलाकारलाई चलचित्र अफर गर्ने तयारी गरिरहेका छौंं । चलचित्रमा उहाँलाई एकदमै सुहाउने रोल छ । स्क्रिप्ट नै उहाँलाई सोचेर लेखेका हौं । भूमिका अत्यन्त बलियो भएकाले उहाँ चलचित्रमा काम गर्न मान्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu