जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको चलचित्र ‘घनचक्कर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार निर्माण टिमले पोस्टरहरु सार्वजनिक गर्दै असार १० गतेबाट प्रदर्शन मिति तोकेको हो । पोस्टरमा चलचित्रका दुई मुख्य अभिनेता सौगात मल्ल र सलोन बस्नेतलाई प्राथमिकता दिइएको छ । उनीहरु क्रोधित मुद्रामा एकअर्कासँग झम्टिन खोजेको पोस्टरमा देख्न सकिन्छ ।

चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट सुर्यनाथ हुन् भने करुना अर्याल र संगम भट्टको लगानी छ । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् । चलचित्रमा जेवी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको पनि अभिनय छ ।

सुसन प्रजापतिले खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।


