‘पासो’ ट्रेलरमा रीस्ताको भिन्न रुप



कार्तिकको २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो ट्रेलरको रुपमा सार्वजनिक प्रचार सामाग्री फरक छ । १ मिनेट ३० सेकेण्डको ट्रेलरमा अभिनेत्री रीस्ता बस्नेतलाई विशेष प्राथमिकता दिइएको छ । ट्रेलरमा उनको निरीह र रुद्र रुप देख्न सकिन्छ ।

बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा रीस्ता बस्नेत, सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सुर्य दयालुको संगीत रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । चलचित्रमा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन र सुरेज बस्येलको कोरियोग्राफी छ ।

चलचित्र ‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । चलचित्रले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । चलचित्रलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu