सुनम्रता तथा आरोनले जिते ‘किड्स क्यापिटल- २०२२’को उपाधि



काठमाडौं । चौथो संस्करणको ‘किड्स क्यापिटल-२०२२’को उपाधि सुनम्रता बज्राचार्य तथा आरोन श्रेष्ठले जितेका छन् । शनिवार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिट महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य तथा स्टेला कडायतले जिते भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन् ।

प्रतियोगितामा युवान श्रेष्ठ तथा आश्भी केसीले लिटिल स्टारको उपाधि जिते भने कीन्स श्रेष्ठ तथा नायूमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि जिते । प्रतियोगितामा नम्रता बज्राचार्यले फस्ट रनर्सअप, अक्षता श्रेष्ठले सेकेण्ड रनर्सअप, देव्यानी खड्काले थर्ड रनर्स अप तथा अनुष्का खड्काले फोर्थ रनर्स अपको उपाधिको जित्न सफल भए ।

१३ जना प्रतियोगिहरुले भाग लिएको प्रतियोगितामा आश्रिया थापाले मोस्ट पपुलर, नायुमा श्रेष्ठ मोस्ट क्यूट, कीन्स श्रेष्ठले मोस्ट चार्मिङ, प्रसिन कर्माचार्य तथा स्टेला कडायतले बेस्ट डान्सर, अनुष्का निरौला तथा देव्यानी खड्काले बेस्ट सिंह, प्रसिन कर्माचार्य तथा आरोन श्रेष्ठले बेस्ट एक्टर, देव्यानी खड्का तथा आश्रिया थापाले बेस्ट हेण्ड राइटिङ (क्रमशः नेपाली तथा अंग्रेजी), अक्षता श्रेष्ठले बेस्ट क्याटवाक, सुनम्रता बज्रँचार्य तथा अक्षता श्रेष्ठले बेस्ट इन स्पिच, आरोन श्रेष्ठ तथा युवान श्रेष्ठले मोस्ट फोटोजेनिक, सुनम्रता बज्रँचार्य तथा नम्रता बज्राचार्यले फेसबुक स्टार, स्टेल कडायत तथा प्रसिन कर्माचार्यले बेस्ट ट्यालेन्ट तथा आश्भी केशीले मोस्ट कन्फिडेन्टको उपाधि जित्न सफल भए ।

प्रतियोगितामा किड्स क्यापिटलको उपाधि जित्न सफल आरोन श्रेष्ठ तथा आश्रृया थापालाई गायक कृष्ण बिकले आफ्नो आगामी गीतको म्युजिक भिडियो मा अभिनय गराउने बताएका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको यो प्रतियोगितालाई डा.दिक्पाल कार्कीले कोरियोग्राफी गरेका हुन् ।

प्रतियोगितामा कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, कलाकार गजित विष्ट, गायक कृष्ण बिक, मोडल जोर्डन राजभण्डारी, मोडल प्रिया रानी लामा तथा इभेन्ट मेनेजर कोमलनाथ कोइराला निर्णायकको रुपमा रहेका थिए । समारोहमा बाल कलाकार पेरिष्ना बास्तोलालाई मिस लिटिल आईकन नेपालको उपाधिले सम्मानित गरिएको थियो । समारोहमा प्रतियोगिहरुले विरेन्द्र हमालको निर्देशनमा तयार पारिएको नाटकमा अभिनय गरेका थिए भने संगीतकर्मी सुदेश शर्माको संगीत निर्देशनमा तयार भएको गीत प्रत्यक्ष गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu