पीडितले उठाईन् सेलिब्रिटीहरुमाथी मानवताको प्रश्न !



काठमाडौं। ब्युटी पेजेन्टका आयोजक मनोज पान्डेसँग जोडिएको आठ बर्ष पुरानो नाबालिग यौन शोषणको बिषय अझै उत्कर्षमा पुगिरहेको छ । संसदको निर्देशन पछि छानविन समिति बनाई पान्डेलाई पक्राउ परिसकेका छन् । यस बिषयमा शोसल मीडियामा विवाद चलिरहँदा थप केहि सेलिब्रेटीहरुको पनि नाम आईरहेको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बालाई समर्थन गरेको भन्दै पीडित भनिएकी युवतीले निशा अधिकारी, प्रियंका कार्की, नीति शाहलगायतलाई मानवताको प्रश्न सोधेकी छन् । एक भिडियो जारी गर्दै उनले उनिहरुले माल्भिकाको पक्षमा बोलेको भन्दै अन्य सेलिब्रेटीहरुप्रति आक्रोश पोखेकी छन् । उनले भनेकी छन्, ‘म माल्भिकाको विरुद्ध छैन, तर मोर पावर टु यु दिदी भनेर लेखेको दैख्दा चैं मलाई तपाईंहरुको दिमागमा … ! मलाई थाहा छ, तपाईंहरुले बुझ्न सक्नुहुन्न किनकि तपाईंहरुको त्यो लेभलको अन्डरस्ट्यान्डिङ छैन । उहाँले त्यो घटना भएको थाहा पाइसकेपछि क्लीयर हुनु हुन्नथ्यो रे । ३३ वर्षको आईमाईले मलाई थाहा थिएन भनेको म विश्वास गर्न सक्दिनँ ।’

माल्भिकाको स्टाटसमा कमेन्ट गरेको आधारमा उनले आक्रोश पोखेकी हुन् । उनले अगाडी भनेकी छन्, ‘के भाको नेपाली सेलिब्रिटीहरु ? यता पनि ठिक्क, उता पनि ठिक्क । बोल्न मन छैन भने नबोल के । यो निशा अधिकारी मल्ल समथिंग, यो प्रियंका, नीति शाह … ! मोडल्सहरु जसले माल्भिकाकोमा कमेन्ट गरेको छ नि, के भाको ? पढ्यालेख्या छैन ? बेसिक ह्युमानिटी भन्या थाहा छैन ?’

त्यो समयमा माल्भिकाले आफुलाई सहयोग नगरेको कारण आज यस्तो अवस्थामा आएको उनले बताएकी छन् । भिडियोमा उनले आफुले आमाबाबुलाई पनि भन्न नसकेको कारण खुलाएकी छन् । भनेकी छन्, ‘जति पनि मान्छेले तिमीले आमाबुबालाई भन्नुपर्थ्यो भनिरहेका छन्, मेरो आमाबुबाले ह्यान्डल गर्न सक्नुहुन्न भनेर मलाई डर थियो । हार्ट अट्याक आयो भने के गर्ने ? समाजले के भन्ला ? समाजले के के गरेको छ भनेर हामी सबैले सुन्दै आएका छौं ।’

यसै बिषयमा अभिनेता, निर्देशक तथा टिभि होस्ट आशिफ शाह र अभिनेत्री नीशा अधिकारीबीच पनि वादविवाद परिरहेको छ । उनिहरु दुवैले एक अर्काको विचारलाई श्रद्दान्जली भनेका छन् ।

सन् २०१४ मा आयोजित मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता सकिएपछि सक्सेस पार्टीका लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीको भनाइ छ । आयोजक पान्डेले तस्वीर र भिडियो खिचेर छ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu