‘राठी केबल ग्लोबल लिटिल स्टार’ आयोजना हुने



काठमाडौं । बालबालिकाहरुको सौन्दर्यतासँगगै क्षमता अभिवृद्धि तथा भित्री कलालाई बाहिर ल्याउने उद्देश्यसहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौ, ललितपुर र भक्तपुरका ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि प्रदेश १ मा ‘पुर्वान्चल लिटिल स्टार’ आयोजना गरिसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणसम्म पुगिसकेको छ भने यही कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ ।

‘राठी केबल ग्लोबल लिटिल स्टार’ मा आवेदन फारम निःशुल्क गरिएको छ भने तालिम शुल्क भने २० हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । यसमा ताज पहिरिने बिजेताहरुले ‘वर्ल्ड किड्स ब्युटी प्याजेन्ट’मा सिधै सहभागिताको मौका पाउनेछन् ।

यस्तै, बिजेता तथा उप-बिजेताहरुले ५ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका पाउनेछन्, जुन गीतलाई बालगायक प्रितम आचार्यले गाएका छन् । सो म्युजिक भिडियोमा पुर्वान्चल लिटिल स्टारका बिजेता र उपबिजेताहरु पनि फिचर्ड हुने आयोजकले जनाएको छ । ‘ग्लोबल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको ३ वटै संस्करणको कोरियोग्राफी गरेकी छन् ।

कार्यक्रमको निर्देशक ‘डान्स इन्डिया डान्स’बाट नरेश भिर शिह रहेका छन् । ग्लोबल लिटिल स्टारको आयोजक कम्पनीका प्रबन्ध निर्देशक साईमन राजबंशी हुन् । ‘ग्लोबल लिटिल स्टार’को अफिसियल फोटोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’ रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल फोटोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, ठुलोपर्दा डटकम र कोशी अनलाइन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।

कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्नेछन् । त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टिसर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास कम्युनिकेसनलगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै निर्माण हुन लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ ।

यो चलचित्रका लागि अभिनेता सौगात मल्लसँग पनि कुरा भैसकेको छ । मल्ल चलचित्रका लागि सकारात्मक देखिएका छन् भने कागजी सम्झौता हुन बाँकी छ । त्यस्तै, भारतीय कलाकारहरू पनि चलचित्रमा देखिनेछन् । अन्नु कपुर, जोनि लिभरसँग औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि चलचित्रका लागि सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu