‘चिसो मान्छे’ ट्रेलरमा बुलन्द स्वस्तिमा



निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका दीपेन्द्र के खनाल निर्देशित नयाँ चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा विदेशबाट रातो बाकसमा आएको शव गाडीमा लिएर काठमाडौंको त्रिभुवन विमानस्थलदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनिएको छ ।

शर्मिला पाण्डेको लगानीमा तयार भएको चलचित्रलाई डी.एस डिजिटल प्रा.लिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झाकेन वीसी, पुष्पा अवस्ती, श्रृष्टी आचार्य, विकास खनाल लगायतका कलाकारको अभिनय छ । दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा सुभाष भुषालको संगीत छ ।

ट्रेलर रिलिज कार्यक्रममा स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ आफ्नो करिअरमा आजसम्म काम गरेका चलचित्रमध्ये एउटा उत्कृष्ट अनुभव बोकेको चलचित्र रहेको बताइन् । निर्देशक दीपेन्द्र के खनालले चलचित्रले चिसो मान्छेहरुको कथा भन्ने बताए । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’पछि दर्शकको मन छुने कथामा अर्को चलचित्र बनाएको बताइन् ।

चलचित्रमा स्वस्तिमा खड्का बाजुरेली महिलाको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको संवाद पनि बाजुराकै छ । ट्रेलरमा उनको अभिनय उत्कृष्ट देखिन्छ । काठमाडौंदेखि बाजुरासम्म बाकसमा आफ्नो श्रीमानको लास राखेर यात्रा गरिरहेकी एक महिला र उनीसँग जोडिएका २ पात्रको वरिपरी चलचित्र घुमेको छ । चलचित्रमा लेखन तथा छायांकन निर्देशक खनाल स्वयंको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu