‘लङ्गडाको साथी’ उपन्यासमाथि बनेको ‘अभिन्न’मा कार्म



लैनसिंह बाङ्देलले लेखेको चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर चलचित्र ‘अभिन्न’ निर्माण भएको छ । यसै साता राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको बारेमा जानकारी दिँदै स्केच पोस्टर सार्वजनिक गरियो । पोस्टरमा उपन्यासका लेखक बाङ्देलको स्केच तस्विरसँगै चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका कार्म शाक्य र एक कुकुरलाई पनि देख्न सकिन्छ ।

चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ चलचित्रको निर्देशन गरिसकेका छन् भने चलचित्र ‘कागबेनी’को पटकथा र संवाद लेखेका थिए । उनले ‘अभिन्न’को छायांकन लकडाउनभन्दा अगाडि नै सकिएको र यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी दिए । उपन्यासको मर्मलाई चलचित्रमा मर्न नदिएको उनको भनाई छ ।

चलचित्रलाई हलमा प्रदर्शन गर्नुभन्दा अगाडि विदेशमा हुने फेस्टिभलमा पठाउने तयारीमा निर्माण टिम छ । रञ्जित गजमेरले संगीत भरेको चलचित्रलाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने कुकुरको कथालाई भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu