सौगात र सलोनको ‘घनचक्कर’ ट्रेलर रिलिज



आगामी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलरमा युवाहरुको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।

हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu