दीया स्टारर ‘दोख’को प्रदर्शन मिति घोषणा



भर्सटायल कलाकारको परिचय बनाएका अनुप बराल निर्देशित नयाँ चलचित्र ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । ७ वर्ष अगाडि निर्माण भएको यो चलचित्रलाई निर्माण टिमले आगामी असार २४ गते प्रदर्शन गर्ने निधो गरेको छ । बुधवार एक पोस्टर सार्वजनिक गर्दै यो मिति ‘लक’ गरिएको हो । चलचित्रले द्वन्द्वकालिन समयको कथालाई उठान गरेको पोस्टरले बुझाउँछ ।

निर्देशक अनुप बरालले सामुदायिक वनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोलाई चलचित्रमा देखाइएको जानकारी दिए । चलचित्रमा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

शैलेन्द्र डी कार्कीले छायांकन गरेको चलचित्रमा राजन कठैतको कथा तथा पटकथा छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको ‘दोख’को वितरण काठमाडौँभित्र जिजिए ग्रुप र काठमाडौँबाहिर एफडी कम्पनीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu