धिरज र अदितीको ‘बाबरी’ टिजर रिलिज



आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाबरी’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेण्ड लामो सार्वजनिक टिजरमा चलचित्रका मुख्य अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीबीचको मित्रता, प्रेम र नोकझोंकलाई देखाइएको छ । टिजरमा धिरजले परिवर्तित आवाजमा संवाद बोलेका छन्, जसले अचम्मित तुल्याउँछ ।

चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका धिरज नाडकरलाई भने टिजरमा स्थान दिइएको छैन । उनी नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङको पनि अभिनय छ ।

बाबरी फिल्मस्को प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेल आफैंले लेखका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu