चलचित्र ‘आँखा’को घोषणा, को-को छन् कलाकार ?



जौन योञ्जनाको निर्देशनमा चलचित्र ‘आँखा’ निर्माण हुने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रमा आर.के. मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, निशा अधिकारी, विजय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की ढोली, रविन्द्र झा, कृष्णभक्त महर्जन, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, सरोज लामिछाने, दीपक कोइरालालगायतको अभिनय रहनेछ ।

चलचित्रको कथा निर्देशक योञ्जन स्वयंले लेखेका हुन् भने निर्मातामा पनि उनी आफैं छन् । जेठ २० गतेबाट छायांकन सुरु हुने चलचित्रको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् । ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहेको चलचित्रमा दीपक आर.जेको संगीत र अलोक सुक्लाको छायांकन रहनेछ ।

२०७९ सालमा छायांकन र पोष्ट प्रोडक्सनको काम सकेर २०८० सालमा चलचित्रलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । चलचित्रलाई आरआर फिल्मस् (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले देशभर वितरण गर्नेछ । निर्देशक योञ्जनले नेपाली समाजभित्रको गम्भीर विषयलाई चलचित्रमा प्रस्तुत गरिने जानकारी दिए ।

अभिनेत्री निशाले चलचित्रको कथावस्तु र चरित्रले आफूलाई लोभ्याएको बताइन् । ‘आमा भएपछि मैले राम्रो राम्रो कथावस्तुका चलचित्रमा काम गर्न पाइरहेको छु । ‘आँखा’ त अन्तर्राष्ट्रियस्तरमा पुग्छ भन्ने लाग्छ,’ उनले भनिन् । त्यस्तै, लुनिभाले चलचित्रमा आफ्नो भूमिका लामो नभएपनि अर्थपूर्ण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu