‘लण्डन टु पेरिस’मा भित्रिए कबीर



अभिनेता कबीर खड्का चलचित्र ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएका छन् । निर्माण टिमले केही समयअघि उनीसँग लिखित सम्झौता गरेका हो । चलचित्र ‘लम्फू’बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले दोस्रो चलचित्रको रुपमा ‘गुञ्जन’मा काम गरेका थिए, जुन प्रदर्शनमा आउन बाँकी छ ।

कबीरले चलचित्रको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न राजी भएको बताए । यो चलचित्रले आफ्नो करिअरलाई मजबुत बनाउन मद्दत गर्ने उनको विश्वास छ । चलचित्रमा उनको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको टुंगो लाग्न बाँकी छ । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा यसअघि नै साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा फाइनल भैसकेका छन् ।

चलचित्रको मुख्य भूमिकामा अभिनय गर्ने अन्य दुई अभिनेता पनि फाइनल भइसकेका छन् । तर, उनीहरुलाई लर्स्टलुक पोस्टरमार्फत् सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । चलचित्रको अहिले कान्तिपुर फिल्म एकेडेमीमा धमाधम वर्कसप चलिरहेको छ । घनश्याम लामिछानेले निर्देशन गर्ने चलचित्रको छायांकन असारबाट सुरु हुनेछ ।

आधुनिक प्रेमकथामा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको चलचित्रका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलको ब्यानरमा चलचित्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu