सनिस र केशु बने ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल’



काठमाडौँ । सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । आइतबार सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र बिभिन्न गिफ्ट हात पारेका हुन् ।

एक भब्य समारोहका बीच आयोजित प्रतियोगीतामा मानस कुमार राई र अदीति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए । सनुर्वी इन्टरनेशनल प्रा.लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगीता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् ।

प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य, किशोर महर्जन रहेका थिए । १०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu