मिरुनाले माफी माग्नुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा प्रदर्शन



प्रदर्शनरत चलचित्र ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले आइतवार सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै फुर्वा तामाङ (बौद्ध भिक्षु) लाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि तामाङ समुदायले विरोध जनाएका छन् । मंगलवार काठमाडौंको चाबहिलमा फुर्वाको रिहाइको माग गर्दै मिरुना मगर र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन गर्नुका साथै चलचित्रको पोस्टर समेत जलाइयो ।

यसैक्रममा, तामाङ युवाहरुले फुर्वाको रिहाईको माग गर्दै चाबहिलमा रहेको चलचित्र विकास बोर्ड घेराउ गरेका छन् । उनीहरुले फुर्वामाथि अभद्र र अपाच्य व्यवहार भएको भन्दै तत्काल रिहा गरेर मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेका छन् । पानीको प्रवाह नगरी उनीहरुले फ्यान र बुद्धिष्टहरुलाई सम्मान गर्नुपर्ने लेखिएको प्लेकार्ड बोकेर बोर्डमा प्रदर्शन गरिरहेका छन् ।

१५ जना तामाङ युवाहरुले बोर्डलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । सार्वजनिक रुपमा दुर्व्यवहार गर्ने मिरुना मगरले माफी माग्नुपर्ने अन्यथा कानुनी प्रक्रिया अगाडि बढाउन, माग पूरा नभएसम्म ‘कबड्डी ४’को प्रदर्शन बन्द गर्न, पुरुषमाथि हुने हिंसा बन्द गर्न, हलमा फुर्वामाथि अन्य दुई पुरुषले पनि हातपात गरेकाले उनीहरुलाई पनि माफी माग्न लगाउन पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu