५ दिनमा ‘कबड्डी ४’ले कति कमायो ?



करीब तीन वर्षपछि नेपाली चलचित्रले बक्सअफिसमा सुनामी ल्याएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले यतिबेला तुफानी व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको ५ दिनमा १२ करोड कमाएको वितरक मनोज राठीले बताएका छन् । चार दिनमा साढे १० करोड र मंगलवार चलचित्रले डेढ करोड कमाउँदै १२ करोड छापेको उनको दाबी छ ।

उनले भने- ‘मंगलवार भएको विवादले चलचित्रको व्यापारमा केही असर गर्छ कि जस्तो लागेको थियो तर त्यसो भएन । बुधवार पनि चलचित्र देशभर हाउसफुल छ । चलचित्रको व्यापार रकेटको गतिमा अगाडि बढेको छ । ‘कबड्डी ४’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने चलचित्र बन्नेमा लगभग निश्चित छ । पहिलो हप्तामा चलचित्रले १५ करोडमाथि कमाउने देखिन्छ ।’

प्रदर्शनको ५ दिनमा १२ करोड कमाउने पहिलो नेपाली चलचित्र बनेको ‘कबड्डी ४’ले बुधवारको कमाईबाट आफ्नै तेस्रो सिरिजको १३ करोडको रेकर्ड तोड्ने देखिन्छ । यसपछि ‘छक्का पञ्जा’को तेस्रो सिरिजको १६ करोडको रेकर्ड तोड्नु पर्ने चुनौती चलचित्रमाथि रहनेछ । ‘कबड्डी ४’को कमाईको रफ्तार हेर्दा दोस्रो हप्ताको विकेन्डमा ‘छक्का पञ्जा ३’को रेकर्ड ध्वस्त हुने सम्भावना प्रवल छ ।

दर्शकको ठूलो जमातले चलचित्र रुचाए पनि समीक्षकबाट गतिलो रिभ्यू आएको छैन । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । चलचित्रको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu