जोनी डिपलाई पूर्व पत्नीले १५ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने



हलिउड अभिनेता जोनी डिपविरुद्ध पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा यौन हिंसा मुद्दामा अदालतले डिपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको सुनुवाइमा अदालतका जूरीले डीपलाई १५ मिलियन डलरको क्षतिपूर्ति तिर्न हर्डलाई आदेश दिएका छन् । त्यस्तै, हर्डलाई पनि क्षतिपूर्तिको रुपमा २ मिलियन डलर दिने फैसला अदालतले गरेको छ ।

हर्डले डेपको विरुद्ध घरेलू हिंसाको मुद्धा अदालतमा दर्ता गराएकी थिइन् । यसपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्धा हालेका थिए । हर्डले जोनीविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेपनि अदालतले त्यसमा सत्यता नभएको निष्कर्ष निकालेको हो । यो फैसलाले आफ्नो दिल टुटेको हर्डले बताएकी छन् भने डेपले आफ्नो जिन्दगी फिर्ता पाएकोमा खुशी व्यक्त गरेका छन् ।

हर्डले २०१८ मा यौन शोषणमाथि डेपको विरुद्ध आर्टिकल लेखेकी थिइन् । यो आर्टिकलबाट डेपको प्रतिष्ठामा ठेस पुगेको र हर्डले दुर्भावनापूर्ण नियतले आर्टिकल लेखेको भन्दै अदालतको जूरीले डेप र हर्ड दुवैलाई मानहानीका लागि जिम्मेवार मानेको छ । डेपको वकिल एडम वाल्डम्यानले हर्डको प्रतिष्ठामा ठेस पुग्ने गरी बयान दिएकाले उनले २ मिलियन डलर क्षतिपूर्ति पाएकी हुन् ।

अदालतको फैसलापछि अभिनेत्री हर्डले आफू स्तब्ध भएको बताएकी छन् । उनले भनेकी छन्, ‘म दुःखी छु कि मेरा पर्याप्त प्रमाणहरु मेरो पूर्वपतिको असमान शक्ति, प्रभाव र त्यसको सामना गर्न पर्याप्त थिएन ।’ हर्ड र डेपले सन् २०१५ मा विवाह गरेका थिए भने सन् २०१६ मा हर्डले डेपविरुद्ध घरेलू हिंसाको आरोप लगाएपछि सन् २०१७ मा उनीहरुको डिभोर्स भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu