मेरो कार्य धर्म विरुद्ध होइन, व्यक्ति विरुद्ध हो : मिरुना मगर



चलचित्र ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले गत आइतवार सिभिल मलमा आफूमाथि भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । आफूमाथि दुर्व्यवहार गर्ने फुर्पा तामाङसँग मिलापत्र भएपछि बिहीवार उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उक्त घटनाबाट दुःखित हुने समुदायप्रति क्षमायाचना गरेकी छन् ।

फूर्पा तामाङले आफूबाट भएको दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेकोले आफूले माफी स्वीकार गरेको मिरुनाले बताएकी छन् । उनले जेठ १५ गते भएको कार्य कुनै धर्म र समाज विरुद्ध नभइ व्यक्ति विरुद्ध नरहेको पनि प्रष्टीकरण दिएकी छन् ।

उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये धेरैले मसँगग बाँड्नु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाहरूबाट साहस जुटाउन सकेकोमा म तपाईंहरूको प्रंशसा नगरी रहन सक्दिनँ ।’ उनले चुपचाप कहिल्यै दुःख नसहन र गलतको विरुद्ध लडन पनि आग्रह गरेकी छन् । कुनै पनि सही कार्य गर्नको निम्ति समय गलत नहुने उनको तर्क छ ।

जेठ १५ गते सिभिल मलमा फुर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उनले दुर्व्यवहार भएकै स्थानमा तामाङलाई थप्पड लगाएर प्रहरीको जिम्मा लगाएकी थिइन् । मंगलवार तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले प्रत्यक्ष भेटेर मिरुनासँग माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu