मिथिला शर्मा र विदुर गिरीलाई ‘हरितारा चलचित्र पुरस्कार’



परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरी सम्मानित गरेको छ । अभिनेत्री तथा कलाकार शर्मा र सञ्चारकर्मी गिरीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान अर्पण गरिएको हो ।

सोही कार्यक्रममा परिवर्तन नेपालले ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्‍यो । यो पुरस्कारको राशी जनही दश हजार रुपैयाँ छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता तथा निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको छ । त्यस्तै, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान अर्पण गरियो ।

कार्यक्रममा निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, लेखक तथा निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ अर्पण गरियो भने कलाकार शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकारहरु दीपाशा विसी, नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई ‘परिवर्तन सम्मान’ प्रदान थियो ।

पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो । वि.सं. २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व.विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर जबरा र सदस्य सचिवमा कलाकार तथा निर्देशक मोहन निरौला छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu