आगामी साउन २० गतेबाट प्रदर्शनमा आउनज लागेको चलचित्र ‘आँधी तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गोवाको समुन्द्री तटमा खिचिएको गीतको भिडियोमा चलचित्रका तीन मुख्य अभिनेत्रीहरु आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत छन् । गीतमा सुरेश अधिकारीको संगीत, हरी उप्रेतीको शब्द र सुवानी मोक्तानको स्वर छ ।
सस्पेन्स-थ्रिलर चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य, बालकलाकार अरुण कालिराजलगायतको पनि अभिनय छ । नारी शक्तिको कथा बोल्ने चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।

मौनता श्रेष्ठले निर्माण गरेको चलचित्रको कथा, पटकथा तथा संवाद पनि उनी स्वयंको हो । ओम साई भक्त मुभिको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पार्श्व संगीत र मुख्य सहायक निर्देशकमा जीवन गौतम छन् । कोरोना महामारीको समयमा चलचित्रको छायांकन भएको थियो ।
चलचित्रमा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । ‘आरआर फिल्मस्’ले चलचित्रलाई वितरण गर्दैछ । यो चलचित्र २०६३ सालको हिट चलचित्र ‘आँधी तुफान’को सिक्वेल हो ।