पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश



नाबालिगलाई ललाई फकाई गरी करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत कास्कीले आदेश सुनाएको छ । उच्च अदालतले जिल्ला अदालत तनहुँ र पूर्वी नवलपरासी अदालतकै आदेशलाई सदर गरेको हो । तारिकमा रिहाको माग गर्दै पल शाहका वकिलले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए ।

चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो । त्यसको केही दिनपछि पूर्वी नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो ।

बिहीवार उच्च अदालतमा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए । शाहविरुद्ध जाहेरी दिने नाबालिग र उनका पिताले तनहुँ र नवलपरासीको दुवै अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu