‘लण्डन टु पेरिस’मा बाँधियो साम्राज्ञी र निश्चलको जोडी



निर्माणको तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी आरएल शाहसँग निश्चल खड्काले रोमान्स गर्ने भएका छन् । निर्माण टिमले शुक्रबार चलचित्रमा निश्चल अनुबन्ध भएको जानकारी गराएको हो । अष्ट्रेलियामा अध्ययन सकाएर अभिनयमा भविष्य बनाउनका लागि नेपाल फर्किएका उनले केही विज्ञापनमा मोडलिङ गरिसकेका छन् ।

चलचित्रमा साम्राज्ञी र निश्चलसँगै गरिमा शर्मा र कबीर खड्का पनि अनुबन्ध भइसकेका छन् । अब बाँकी अन्य कलाकारहरु लण्डनबाटै छनोट गरिने निर्देशक घनश्याम लामिछानेले बताए । केही हप्तादेखि नाट्यकर्मी सरिता गिरिले चलचित्रका कलाकारहरुलाई वर्कसप गराइरहेकी छन् । एबी इन्टरनेशनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ ।

आगामी असार दोस्रो साताबाट छायांकन थालनी हुने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । ‘लण्डन टु पेरिस’को निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्माता अजित सिंह छन् । एबी इन्टरनेशनलको नयाँ चलचित्र ‘हनी बनी’को यतिबेला लण्डनमा छायांकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu