२३ विधामा ‘फ्लाएर्स फिल्म अवार्ड’ बाँडिने



पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड’ आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना हुने भएको छ । पहिला २४ बैशाखमा तय गरिएको अवार्ड स्थानीय निर्वाचनका कारण स्थगन भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा ०७६,०७७ र ०७८ चैत्रभित्र प्रदर्शन भएका नेपाली चलचित्रहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिस्पर्धी चलचित्रबाट उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्र, उत्कृष्ट संगीतकार, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट कथा र पटकथासँगै लाइफटाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस अभिनेता, अभिनेत्री र जुरी गरी जम्मा २३ वटा विधामा अवार्ड प्रदान गरिने ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टका प्रमुख साइमन राजबंशीले जानकारी दिए ।

मोफसलमा नेपाली चलचित्रको विकास र विस्तारको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागेको बताउँदै राजबंशीले भने, ‘विराटनगर जस्तो ठूलो शहर समेत नेपाली चलचित्र तथा कलाकारहरु पहिलो प्राथमिकतामा पर्दैनन् । त्यहाँ नेपाली चलचित्रको बजार गतिलो छैन । त्यसैले यो अवार्डले नेपाली चलचित्र र कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौं ।’

अवार्ड कार्यक्रममा २ सयभन्दा बढी कलाकारद्वारा प्रदेश नं. १ का सबै जातजातीको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ । साइमन राजबंशी र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रबिन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu