भारतमा ‘विश्वजीतम्’ नाममा ‘प्रेमगीत ३’ प्रदर्शन हुने



नेपालमा लामो समयदेखि प्रतिक्षामा रहेको चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा समेत प्रदर्शन हुँदैछ । कोरोना महामारीले नेपालमा चलचित्रको रिलिज रोकिएपछि निर्माता सन्तोष सेनले हिन्दीमा डब गरेर भारतमा पनि प्रदर्शन गर्ने निर्णय गरेका थिए । यसका लागि उनले करीब १ वर्ष मुम्बईमा बसेर चलचित्रको हिन्दी डबिङ र सम्पादनको काम फत्ते गरे । अब चलचित्र हिन्दी भाषामा प्रदर्शनका लागि तयार छ ।

भारतको इम्पोसिबल फिल्मस्ले मोटो रकममा चलचित्रको भारत प्रदर्शन अधिकार पनि खरिद गरिसकेको छ । यसबीच, भारतमा प्रदर्शन गर्नका लागि चलचित्रको नाम समेत जुरेको छ । ‘विश्वजीतम्’ नाममा चलचित्र भारतमा प्रदर्शनमा हुने जानकारी निर्माता सेनले फेसबुकमार्फत् दिएका छन् । उनले इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसियसनमा चलचित्रको नाम दर्ता भएको पत्र पनि सार्वजनिक गरेका छन् ।

सेनले चाँडै ‘विश्वजीतम्’ नामसहितको पोस्टर र भारतका लागि प्रदर्शन मिति घोषणा गरिने जानकारी पनि दिएका छन् । नेपालमा भने ‘प्रेमगीत ३’ आगामी असोज ७ गते प्रदर्शनमा आउँदैछ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu