‘रामोजी फिल्म सिटी’मा नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ खिचिने



अभिनेत्री नीता ढुङ्गाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हरिहरले जानकारी दिए । संसारकै ठूलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन हुन लागेको हो ।

neeta dhungana and harihar adhikari

यो स्टूडियोमा ‘ह्रस्व दीर्घ’को छायांकनका लागि निर्माण टिमले करोडौं रुपैयाँ खर्च गर्न लागेको बताइएको छ । नीता र हरिहरको मुख्य अभिनयमा रहने चलचित्रमा भारतका चर्चित कलाकारहरु समेत अभिनय गर्ने पक्का भइसकेको छ । चलचित्रमा ‘गजनी’ भिलेन प्रदीपराजसहित साउथका कलाकारहरु अभिनयमा रहनेछ । चलचित्रमा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भइसकेका छन् ।

Ramoji Film City

चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्रको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार पनि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । अब कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएको कथा, संवाद र प्लट प्रयोग गर्न पाउने छैनन् । साउनबाट छायांकन सुरु हुने चलचित्रको हाल स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको नीताले जानकारी दिइन् । ‘नीता फिल्मस्’को ब्यानरमा बन्ने चलचित्रलाई बलिउडका छायांकार कविरलालले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu