पूजा र आकाशको ‘सम्झना बिर्सना’ असार ३१ मा रिलिज हुने



चलचित्र ‘सम्झना बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण रोकिएको थियोे । अब यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । शनिवार निर्माण टिमले दुई रोमान्टिक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् । आदित्य प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ. सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालगायतको अभिनय छ । दार्जिलिङ, सिलगुडी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।

शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् । चलचित्रको यसअघि ट्रेलर ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ । चलचित्रको नयाँ गीत केही दिनमै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu