अनुप बराल निर्देशित ‘दोख’ टिजर सार्वजनिक



कलाकार अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको १ मिनेट ४८ सेकेन्ड अवधिको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ ।

निर्देशक बरालले माओवादी द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिए । चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मनछुनेमा निर्माण टिम विश्वस्त देखिन्छ । राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । चलचित्रलाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu