नीताको ‘ह्रस्व दीर्घ’मा ‘पुष्पा’ भिलेन अनुबन्ध



अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार सुनिल वर्मा अनुबन्धित भएका छन् । चलचित्रका निर्देशक चन्द्र पन्तले आइतवार हैदरावाद पुगेर वर्मासँग कागजी सम्झौता गरेका हुन् । उनलाई चलचित्रमा भित्राउन पाएकोमा नीता र हरिहरले खुशी व्यक्त गरेका छन् ।

सुनिलले केही समय अगाडि प्रदर्शन भएको अल्लू अर्जुनको सुपरहिट चलचित्र ‘पुष्पा’मा भिलेनको भूमिकामा अभिनय गरेका थिए । ‘सिनुभाई’को चरित्रमा सुनिलले जबर्जस्त अभिनय गरेका थिए । उनी पहिलो पटक नेपालीमा चलचित्रमा काम गर्न उत्साहित रहेको निर्देशक पन्तले जानकारी दिए । चलचित्रमा उनी महंगो पारिश्रमिकमा अनुबन्ध भएको बताइएको छ । तर, रकम खोलिएको छैन ।

यसअघि नै चलचित्रमा बलिउड तथा दक्षिण भारतीय चलचित्रका अभिनेता प्रदीपराज रावत समेत अनुबन्धित भइसकेका छन् । चलचित्रलाई बलिउडका नामी सिनेमाटोग्राफर कवीरलालले खिच्नेछन् । नीता फिल्मस् को ब्यानरमा बन्ने यो चलचित्रमा हरिहर अधिकारी र नीता ढुङ्गाना मुख्य भूमिकामा रहनेछन् भने अभिनेता द्वय सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय रहनेछ ।

धनन्जय घलानी कास्टिङ डाइरेक्टर रहेको चलचित्रको हाल स्कृप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको बताइएको छ । साउन महिनामा चलचित्र फ्लोरमा जानेछ । भारतसँगै नेपालका विभिन्न स्थानमा चलचित्रको छायांकन हुनेछ । भारतमा भने चलचित्रको छायांकन संसारकै सबैभन्दा ठूलो स्टूडियो ‘रामोजी फिल्म सिटी’मा हुँदैछ । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu