कन्फिडेन्ट नभएकाले चलचित्रमा आउन ढिला भयो : नीति शाह



नीति शाहको सुन्दरताको हमेशा चर्चा हुँदै आएको छ । यही कारण उनलाई चलचित्रको प्रस्तावको पनि बाक्लै पुगिरहेको हुन्छ । तर, विगत ५/७ वर्षमा उनले कयौं फिल्मको प्रस्ताव नकारिन् । अब भने उनी चलचित्रमा डेब्यू गर्ने योजनामा छिन् । यसै वर्ष अभिनेत्रीको रुपमा लञ्च हुने गरी उनले म्यानेजर समेत नियुक्त गरिसकेकी छन् । अहिले आफूले निरन्तर चलचित्रहरु पनि हेरिरहेकी उनको भनाई छ ।

चलचित्रमा आउन ढिलो हुनुको कारण पढाई रहेको उनको भनाई छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मिस नेपालमा भाग लिइसकेपछि चलचित्रबाट अफर आए पनि त्यसबेला मैले पढाईलाई मात्र ध्यान दिएको थिएँ । त्यसबेला मलाई चलचित्रमा काम गर्न सक्छु भन्ने कन्फिडेन्ट पनि थिएन । तर, मलाई अभिनयप्रति रुचि भने थियो । अहिले चाहिँ म चलचित्र गर्न सक्छु भन्ने लागेको छ ।’

भोलीका दिनमा आफूले अभिनय गरेको चलचित्र हिट वा फ्लप जे भएपनि आफ्नोतर्फबाट सकेको मेहेनत र प्रयास गर्न नछाड्ने उनको अठोट छ । केही समय अगाडि एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि चलचित्रमा काम गर्नका लागि आत्मविश्वास पलाएको नीति बताउँछिन् । उनी चलचित्रमा डेब्यू गर्नुअघि केही समय अभिनयको कक्षा लिने योजनामा पनि छिन् ।

नीतिले अभिनेता प्रदीप खड्कासँग केही विज्ञापनमा एकसाथ काम गरेकी छन् । दर्शकहरुले पनि उनीहरुको जोडी रुचाउने गरेका छन् । प्रदीपले नीतिलाई चलचित्र ‘प्रेमगीत ३’ अफर पनि गरेका थिए । तर, उनले अध्ययनका कारण काम गरिनन् । इन्डस्ट्रीमा आफूले ग्राउन्ड जीरोबाट करिअर सुरु गर्नेपर्ने भएकाले कुनै एक्सपेक्टेसन नराखेको र न्याचुरल अभिनय गर्न प्रयास गर्ने नीतिको कथन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu