दीपक-दीपा समुहको नयाँ चलचित्रलाई हेमराजले निर्देशन गर्ने



निर्देशक हेमराज विसीले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहको नयाँ चलचित्रलाई निर्देशन गर्ने भएका छन् । उनले ‘छक्का पञ्जा ४’ निर्देशन गर्न लागेको चर्चा चलिरहे पनि चलचित्रको नाम ‘माग्ने राजा’ जुराइएको स्रोत बताउँछ । तर, हेमराजले अहिलेसम्म नाम तय नभइसकेको बताए । उनले दीपक-दीपा समुहसँग नयाँ चलचित्रका लागि टिमअप भएको कुरालाई भने स्वीकार गरे ।

उनले भने- ‘अहिले हामी स्क्रिप्टलाई अन्तिम रुप दिँदैछौं । असारमा छायांकन गरेर दशैंमा रिलिज गर्ने टार्गेट छ । कलाकारदेखि चलचित्रको नाम केही दिनमा टुंगो लाग्नेछ ।’ दीपकराज गिरी र दीपाश्री निरौलाले यसपालीको दशैंमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए । हेमराजसँगको टाइअपपछि ‘छक्का पञ्जा ४’कै स्क्रिप्टमाथि नयाँ नाममा चलचित्र बन्न लागेको जानकारीमा छ ।

‘छक्का पञ्जा’ सिरिजको निर्देशन सम्हाल्दै आएकी दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्माको फिल्ममा अभिनय रहने स्रोत बताउँछ । ‘छक्का पञ्जा’ सिरिजबाहेक दीपक-दीपा समुहले फरक-फरक निर्देशकसँग काम गर्दै आएको छ । ‘६ एकान ६’लाई दिनेश डिसी, ‘वडा नं. ६’लाई उज्वल घिमिरे र ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu