प्लाटिनममा गुञ्जिए काली



काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले गत शनिबार काठमाडौंबासीलाई नचाएका छन् । कोभिड महामारीपछि पहिलोपटक दर्शकमाझ उपस्थित कालीले दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित दर्शकसँगै कलाकारहरुलाई ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना गीतमार्फत नचाएका हुन् ।

कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गीतारमा चन्दनध्वज केसीले गीतार तथा स्वर र पुरस्कार खड्काले गीतारमा साथ दिएका थिए ।

रातीको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरु’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए । उनले ‘साइली’, ‘नाँचन मैया नाँचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए ।

कार्यक्रममा निश्चलले कालीसँगै चलचित्र ‘कबड्डी कबड्डी’को ‘नाँचन मैया नाँचन’ बोलको गीत गाएका थिए ।

यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदिपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुशी लागेको बताए । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu