‘अन्तिम संस्कार’मा अनुबन्ध भइन् दीया



निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो । दीयाले यही जेठ १५ गते संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रर्दशनको तयारीमा छ ।

विनोद सुवेदी (खत्री) को निर्माण रहने ‘अन्तिम संस्कार’ अब केही समय पछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सन प्रा.लीको ब्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu