खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा



अभिनेता खगेन्द्र लामिछाने निर्देशित पहिलो चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि आगामी भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । अब साउन १३ गते चलचित्र प्रदर्शन हुने भएको छ । भदौ १० गते अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ रिलिज हुने भएपछि खगेन्द्रले एक महिना अगाडि नै ‘पानीफोटो’लाई प्रदर्शन गर्न लागेका हुन् ।

खगेन्द्रले आफू लिखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथामा चलचित्र आधारित छ । चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको चलचित्रमा खगेन्द्र स्वयंको लेखन रहेको छ । यस चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

खगेन्द्रले नाटकलाई चलचित्रमा ल्याउने आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गरे । उनी भन्छन्, ‘यो नाटकलाई चलचित्र बनाउँछु भन्ने मेरो सन् २०११ देखिको सपना थियो । धेरैले नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्‍याउन मन थियो, जुन चलचित्रबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, चलचित्र नै बनाउन चाहन्थेँ, जुन बल्ल पूरा भयो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu