नेपाल घुमेर फर्किए मिस्टर एण्ड मिस सुपरनेसनल



काठमाडौँ । ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गोसले नेपालको पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा बर्णन गर्न नसकिने रहेको बताएका छन् । जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि आफुलाई महसुस भएको उनको भनाई रहेको थियो ।

केही दिन अगाडि आयोजित सौन्दर्य प्रतियो ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ मा निर्णायकको रुपमा सहभागी हुन नेपाल आएका भार्गाेसले पशुपतिनाथ भ्रमणपछि भने, ‘जीवनको सुरुवात हाम्रो नियन्त्रणमा हुँदैन । तर, यसबीचमा उतारचढाव निरन्तर आफूलाई पुनर्जीवित गराउँने परिघटना हुन् ।’ उनले पशुपतिनाथ भ्रमण र नेपाल भ्रमणको अवसर दिएकोमा ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ का आयोजक सुनर्वि इन्टरनेसनल र त्यसका निर्देशक डा. सन्तोष उपाध्यायप्रति आभार समेत ब्यक्त गरे ।

प्रतियोगीतामा भाग लिन भार्गोसका साथ एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा उनीहरुले पशुपतिनाथ, स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गरेका छन् । नेपाल निक्कै बलियो शान्तिको भुमि भएको आफुहरुले अनुभुती गरेको उनीहरुको भनाई छ । उनीहरुको नेपाल भ्रमण नेपाल पर्यटन बोडको फ्यान ट्रिम अन्तर्गत टर्किस एयलाइन्स र नेपाल एयलाइन्सको सहयोेगमा भएको थियो । उनीहरु मंगलबार स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu